नियम ५६
मालवस्तुुको क्षतिपूर्ति
(१) ऐनको दफा ६९ बमोजिमको क्षतिपूर्ति माग गर्ने मालवस्तुधनीले त्यस्तो क्षतिपूर्ति प्राप्त गर्नका लागि भन्सार कार्यालय वा गोदाम सञ्चालन गर्ने व्यक्ति समक्ष आफूले क्षतिपूर्ति पाउनु पर्ने स्पष्ट कारण खुलाई आधार प्रमाण समेत संलग्न गरी निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि त्यस्तो निवेदन उपर आवश्यक जाँचबुझ गरी क्षतिपूर्ति दिनु पर्ने देखिएमा लिखित निर्णय गरी जुन मालवस्तुका सम्बन्धमा क्षतिपूर्ति माग गरिएको हो सो मालवस्तुको बीजकमा उल्लिखित मूल्यमा पाच प्रतिशत थप गरी हुन आउने रकम क्षतिपूर्ति स्वरूप मालवस्तु धनीलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) पैठारी गर्ने उद्देश्यले अन्य व्यक्तिबाट सञ्चालित भन्सार गोदाममा राखिएका मालवस्तुका सम्बन्धमा उपनियम (२) बमोजिम गोदाम सञ्चालन गर्ने व्यक्तिले क्षतिपूर्ति उपलब्ध गराएको अवस्थामा त्यस्तो मालवस्तु पैठारी गर्दा लाग्ने भन्सार महसुल बराबरको रकम गोदाम सञ्चालकले उपनियम (२) बमोजिम क्षतिपूर्ति उपलब्ध गराएका मितिले सात दिनभित्र सम्बन्धित भन्सार कार्यालयमा दाखिला गर्नु पर्नेछ ।